गठबन्धनको निर्वाचन समितिमा सहभागी यी हुन् १० नेता, पौडेल नेतृत्वको समितिले के काम गर्छ ?
सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको हो ।
काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।
विहीबार बसेको गठबन्धनको बैठकले स्थानीय तहको पार्टीगत अवस्थाबारे केन्द्रमा रिपोर्ट गर्न निर्देशन दिएको थियो । यी चैत २५ गतेभित्र रिपोर्ट पठाइसक्ने आजको बैठकले ताकेता गरेको छ । प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेलले नेतृत्वको समितिले डाटा हेर्ने केलाउने छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार त्यसपछि चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।
‘आज बनेको समितिले स्थानीय तहमा कसरी तालमेल भइरहेको भनेर अनुगमन गर्ने छ । केन्द्रले गरेको निर्देशन र निर्वाचन संयन्त्रले गरेका निर्णय लागू भए नभएको अनुगमन गर्ने छ ।’ समितिको बैठक बुधबार बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
