गायिकाको रुपमा देखिइन् सुष्मा !
अभिनेत्री सुष्मा कार्की गायिकाको रुपमा पनि प्रस्तुत भएकी छन् । गायिका सिने गुरुङको गीत ‘मन’ को कभर भर्सन उनले अहिले गाएकी छन् । अभिनयको अलवा गायनमा समेत रुचि भएको बताउँदै आएकी उनले सिने गुरुङको गीत निकै मिहिनेतका साथ गाएको बताइन् । उनले गीत गाउँदै गरेको भिडियो समेत बनाइएको छ । जसको भिडियो निमा शेर्पा र राजीव थापाले उतारेका हुन् । भिडियोमा सुष्माले शालीन भावमा गीत गाएको देख्न सकिन्छ ।
बेला बेलामा बिभिन्न कारणले चर्चा र विवादमा छाउने कार्कीको अभिनय र नृत्य समेत राम्रो मानिँदै आएको छ । ‘लुट’ फिल्मको आइटम नम्बरबाट दर्शकको मनमा डेरा जमाउन सफल उनी आफूलाई समाजसेवीको रुपमा समेत प्रस्तुत गर्दै आएकी छन् ।
आफ्नो मन भुलाउन बेलाबेलामा गति गाउँदै आएको सुष्माले बताइन् । ‘म बेला बेलामा कभर भर्सन गाउँदै आएकी छु । यो गीत पनि मैले मन भुलाउन गाएकी हुँ’ सुष्माले भनिन् ‘एक हिन्दी सहित अझै केही गीत ल्याउँदैछु ।’
रिल र रियल दुबैमा चुलबुले स्वभावकी सुष्माको गायनलाई धेरैले सरकारात्मक प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण