ताप्लेजुङ साक्षर जिल्ला घोषणा
ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो ।
समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेशपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।
प्रदेश नं १ का १४ जिल्लामध्ये अब सोलुखुम्बु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ । ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्ष अघिदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घसंस्था, स्थानीयवासी तहलगायतले सक्रियता देखाएका थिए । घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बिहान विभिन्न जातीय झाँकीसहितको ¥याली निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण