घरको मिनी स्विमिङ पुल (फोटोफिचर)
गर्मी बढ्दो छ । गर्मी मौसममा बालबालिकालाई खुसी राख्न धेरैले पार्क, होटल, रिसोर्ट, रेष्टुरेन्टका स्विमिङ पुलमा स्विमिङ खेल्न लिएर जान्छन् । गर्मी मौसममा स्विमिङ खेल्न पाउँदा को बच्चा खुसी नहोला । तर सधैँ स्विमिङमा लैजान आर्थिक रुपमा पनि बोझिलो हुन्छ भने धेरैलाई यसका लागि समय पनि नपुग्न सक्छ । सायद यस्तै समस्याका कारण आजकाल धेरैले आफ्नो घरमा नै मिनि स्विमिङ पुलको जोहो गर्ने गरेका छन् ताकि बच्चाहरुले चाहेको समयमा आफ्नै घरमा स्विमिङ मज्जा लिन सकून् ।
घरमा नै स्विमिङ पुलको आभाष दिलाउने सामग्री आजकाल विभिन्न स्थानका सडकको किनारामा प्रशस्तै रुपमा बेच्न राखिएको देख्न सकिन्छ । यस्तै सामग्रीको बेचबिखनका लागि भारतको राजस्थानबाट आएका केही व्यक्ति भक्तपुरको सल्लाघारीस्थित चौरको किनारामा भेला भएका छन् । उनीहरुले भारतबाटै प्लास्टिकका मिनी स्विमिङ पुल ल्याएर यहाँ बिक्री गरिरहेका छन् । यसका लागि आफूहरुले करसमेत तिरेको उनीहरु दाबी गर्छन् ।
यस्ता स्विमिङ पुलको फिट अनुसार मूल्य पर्ने ती व्यापारी बताउँछन् ।
मिनी स्विमिङ पुल ४ फीटको ४,५०० सय, ५ फीटको ५,५०० सय, ६ फीटको ६०००, ७ फीटको ६,५०० र ८ फीटको ८००० रुपैयाँ मूल्य तोकेर बिक्रीका लागि राखिएको छ । यी व्यापारीका अनुसार ग्राहक हेरेर बार्गेनिङ गर्ने र त्यसै अनुसार मूल्य तलमाथि हुनसक्ने बताएका छन् ।
यहाँका यसरी आएका व्यापारीले सिजन अनुसार आफ्नो व्यापारको शैली परिवर्तन गर्ने पनि बताए । उनीहरु कुन सिजनमा भारतबाट कुन सामान ल्याउँदा बढी फाइदा हुन्छ भन्ने कुरा राम्रोसँग थाहा भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण