लस एन्जलसमा एक व्यक्तिको घरको ढोकामै सिंह देखिएपछि...
लस एन्जलसका एक वासिन्दाले आफ्नो घर बाहिर राखेको क्यामराको फुटेजमा सिंह देखा परेको बताएका छन् । केभिन प्रिन्सका अनुसार उनले हालै आफ्नो हलिउड हिल्सको छिमेकमा घुमिरहेको देखेका थिए । यो जनावर पी–२२ हो वा होइन भन्ने पत्ता लगाउन क्यामेरा सेट गर्ने निर्णय गरे । भाइरल फोटोपछि यो हिमाली सिंहले चर्चा पाएको थियो । १० वर्ष अगाडि हलिउडले यो बिरालो आकर्षक भएको भन्ने बताएको थियो ।
‘म न्यूयोर्कको हुँ । म पिजा खाने बिरालोमा अभ्यस्त भइसकेको छु । मलाई आफ्नो अगाडि पट्टिको ढोकामा आउने गरेको सिंहमा बानी परेको छैन,’ प्रिन्सले बताए । ‘म सिमेन्टको जंगलबाट आएको हु र साहित्यिक जंगलमा प्रवेश गरेको छु । यो ठाउँ क्रेजी खालको छ ।’ प्रिन्सको भिडियोमा पहाडी सिंह उनको ढोका अगाडि हिँडिरहेको देखिएको छ ।
नेशनल पार्क सर्भिसले पनि उक्त जनावर पी–२२ नै भएको पुष्टि गरेको छ । पी–२२ सामान्य रुपमा धेरैजसो समय सान्टा मोनिका माउन्टेन नेशनल रिक्रियशन एरियामा बिताउने गर्छ । तर रातीको समयमा भने यताउती भौतारिने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण