अबको लडाई भ्रष्टचारीहरुका विरूद्ध हो : प्रवक्ता शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अबको लडाईं भ्रष्टचारीहरुका विरुद्ध केन्द्रीत हुने बताएका छन् । उनले अबको लडाईं भ्रष्टाचारी विरुद्ध र स्वास्थ, शिक्षा , रोजगारीका निमित्त हुने बताए । अबको विकल्प काँग्रेस, एमाले र कम्युनिष्टको विरोध गर्नु नभएर भ्रष्टचारीको अन्त्य गर्नुपर्ने र तिनै भ्रष्टचारीहरुको सम्पति छानबिन गरि उनीहरुको अचुक सम्पति राष्ट्रियकरण गर्नुपर्ने उनले बताए ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाण्डौको खुल्ला मञ्चमा गरेको आमसभालाई सम्बोधन गर्दैै उनले भ्रष्टचारीहरुको सम्पति राष्ट्रियकरण गरी देशमा स्वास्थ्य, शिक्षा, स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिए ।
उनले भने– ‘अबको युद्ध र लडाई भ्रष्टाचारीहरु विरुद्धको लडाई हो । यो राजनीतिज्ञ कसैले पेसा सम्झिनुभएको होला, कसैले व्यवसाय सम्झिनु भएको होला, तर हामीले त्यस्तो सम्झेको छैनौं । तपाई हामी जस्ता नवजवान युवाहरु यो देशको भविष्यका लागि, यो देशको पहिचानका लागि बडामहाराज पृथ्वीनारायण शाहलाई टाउकोमा राखेर गौतम बृद्धलाई छातीमा राखेर नेपाल राष्ट्रवाद निर्माण गर्नका लागि यो एउटा सुनौलो अवसर पनि हो ।’
आज मुलुक जरजर अवस्थामा रहेको बताउँदै उनले यसको निकास निकाल्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण