फोर्ब्स सूची : ३४ वर्षमै रिहाना बनिन् सबैभन्दा धनी गायिका
पपस्टार रिहानाको नाम यसपटकको विश्वकै सबैभन्दा धनी गायिकका रुपमा फेरि फोरबसूचीमा समावेश भएको छ । रिहाना सूचीको १७२९ औँ स्थानमा रहेको छ। उनको सम्पत्ति १.७ अरब अमेरिकी डलर छ ।
तर, पपस्टार, फेसन डिजाइनर र सफल व्यवसायी बन्ने यात्रामा रिहानाले थुप्रै उतारचढावको सामना गर्नुपरेको छ । उनको सन् १९८८ फेब्रुअरी २० मा लेखापाल मोनिका र गोदामका सुपरभाइजर रोनाल्डको घरमा जन्म भएको थियो । उनी १४ वर्षको हुँदा उनका आमाबाबु छुट्टिएका थिए। साधारण परिवार र त्यसपछि आमाबाबुको सम्बन्ध विच्छेदले रिहानाको जीवनमा ठूलो प्रभाव पारेको थियो। आमाबाबु छुट्टिएपछि रिहाना आफ्नो बुबासित बस्न थालिन्।
उनका बाबु रक्सी पिउने कुलतमा फसेका थिए । यस्तो अवस्थामा उनले रिहानालाई धेरै दुःख दिने गर्थे । उनो काली भएको कारण स्कूलमा पनि रिहानालाई दुर्व्यवहार गरियो। त्यसैकारण यो पीडा कम गर्न रिहानाले गीत गाउन थालिन्।
१५ वर्षको हुँदा उनी निर्माता इभान रोजर्सले लिएको अडिसनमा आइपुगिन्। यो उनको जीवनको एउटा निर्णायक मोड थियो । त्यसपछि उनी संसारकै लोकप्रिय पपस्टार बनिन्।
रोजर्सले एक पटक अडिसनमा रिहानाको उपस्थितिको सम्झना गर्दै भनेका थिए, "जब उनी कोठाभित्र आइन्, कोठामा अरू दुई जना केटीहरू अस्तित्वमा छैनन् जस्तो देखिन्थ्यो। त्यहाँ उनी मात्र छाएकी थिइन् । '
त्यसपछि रिहाना कनेक्टिकट गइन्। त्यहाँ उनी रोजर्स र उनकी पत्नीसित बस्न थालिन् । त्यहाँ उनले ४ वटा गीत रेकर्ड गरिन् र त्यसपछि रातारात स्टार बनिन् । जब मैले बार्बाडोस छोडेर गएँ, मैले पछाडि फर्केर हेरिनँ, रिहाना भन्छिन्।
ट्विटरमा उनको १० करोड ५० लाख अनुयायीहरू छन् भन्ने तथ्यबाट विश्वमा रिहानाको लोकप्रियताको अनुमान लगाउन सकिन्छ। ट्विटरमा विश्वका सबैभन्दा फलोअर्स भएकाहरू मध्ये रिहाना चौथो स्थानमा आउँछिन्। रिहानालाई इन्स्टाग्राममा १२ करोड ६० लाखले फलो गर्छन् छन्। रिहाना हलिउड फिल्म ब्याटलशिप र 'ओसियन्स ८' जस्ता थुप्रै चलचित्रमा पनि देखा परेकी छिन् । ३२ सालकी रिहानाको फेन्टी नामले आफ्नै फेसन ब्राण्ड छ । रिहानाका २ जना भाइ र ३ जना सौतेनी बहिनीहरु छन् । साथै ऋहाना हाल आमा बन्ने तयारीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण