इस्लिङटन कलेजको स्प्रिङ कार्निभल सम्पन्न
कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमतावृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल–२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुईवर्षदेखि रोकिएको कार्निभल योवर्ष भब्य रुपमा सम्पन्न गरेको छ ।
कलेज प्राङगणमा आयोजना गरिएको कार्निभल(महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । कार्निभल आयोजना गरेको २५ वर्ष पुगेको अवसरमा २५ वटा स्टल राखिएको थियो । विद्यार्थीले कलेजमा सिकेका , आफ्ना उत्पादनलाई विश्वबजारमा चिनाउने र आफूले कलेजमा तयार गरेको परियोजना स्टलमा राखिएको थियो ।
कलेजले सय टिमबाट छनौटमा परेका २५ टिमलाई कार्निभलमा सहभागि गराएको थियो । कलेजमा उपस्थित विद्यार्थीले विभिन्न जातजातिका भेषमुभषा लगाएका थिए । कलेजले सो महोत्सवलाई ‘इथ्निक डे को रुपमा मनाइएको थियो । ’कार्निभलमा उपस्थित र स्टलमा रहेका विद्यार्थी विभिन्न जातजातिका फरक फरक ड्रेस लगाएका थिए । आफ्नो, भाषा, जात र धर्मलाई परिचय दिन अधिकांस विद्यार्थी फरक–फरक जातिको भेषभुषामा सजिएका थिए ।
कार्निभलमा चर्चित गायक दीपक बज्राचार्यको ब्याण्ड र समुहले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्प्रिङ कार्निभलका संयोजक दौलतराज श्रेष्ठले कार्निभलले विद्यार्थीका क्षमता अभिभृद्धि गर्न महत्वपुर्ण भुमिका खेलेको बताए ।
यो कार्यक्रम विद्यार्थीका लागि साँच्चिकै महत्वपुर्ण र अविश्मरणीय रहेको आयोजकले जनाएको छ । कलेजले सन् २०११ देखिनै यो स्प्रिङ कार्निभल आयोजना गर्दै आएको छ । कोभिडको कारण दुईवर्षसम्म स्थगित सो महोत्सव हरेरवर्ष आयोजना गरिने कलेजको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते