शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौँ : मन्त्री पौडेल
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवा सुविधा दिन आफू कटिबद्ध रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आज आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए । सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए ।
त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गरे । एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो । शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने
-
लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा