कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् । सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरू पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकी कामहरू समेत ओझेलमा परेको दाबी गरे ।
उनले नेपालको संविधान विगतका सबै संविधानहरूभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्नुपर्ने नेताहरू नलागेको बताए । महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाइ गर्न नहुने बताए ।
‘हामीले त्यतिबेला पनि भनेका थियौँ– राजनीतिक दलहरू बिचको सहकार्यबाट एउटा गणतन्त्रसम्मको अथवा लोकतन्त्रसम्मको यात्रा आवश्यक छ भन्ने कुरामा हामी एकमत हो’, उनले भने, ‘संविधानमा धेरै महत्त्वपूर्ण कुराहरू उल्लेखित छन् । यो संविधान पुरानो गए गुज्रेको हो भन्ने सत्य होइन’, विप्लवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण