छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
सोमबार, ०७ जेठ २०८१, १७ : ४६
नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको कवर्धामा सोमबार भएको एक सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस घटनामा अन्य १०/१२ जना घाइते भएको बताइएको छ ।
बहपानी इलाका नजिक पिकअप गाडी सडकबाट अनियन्त्रित भएर २० फिट गहिरो खोँचबाट खसेर सडकमा झरेको थियो । पिकअपमा २५ देखि ३० जना सवार रहेको बताइएको छ ।
पिकअप पल्टिँदा घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय र स्थानीयहरूको मद्दतमा घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा अन्य ४ जनाको मृत्यु भएको थियो । थप ४ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा १४ जना महिला भएको बताइएको छ । बैगा आदिवासीहरू जङ्गलबाट तेन्दूपत्ता टिपेर आफ्नो गाउँ फर्किरहँदा दुर्घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण