ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–४ घर भएका ५१ वर्षीय समसुद्दिन खाँ पठान छन् ।
उनलाई टोखा नगरपालिका–९ स्थित शिव चोकबाट पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । उनले पीडितलाई २०७९ चैत ९ मा ओमान पुर्याएका हुन् । मासिक ४० हजार तलब हुने लोभ देखाएर उनले काठमाडौँबाट भारत पुर्याई भारतको मुम्बईबाट पीडितलाई ओमानमा पठाएका हुन् ।
ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी मिश्रले जानकारी दिए । ब्युरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ ।
आरोपीविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण