गठबन्धन गर्ने बिषयको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले पार्टीका शीर्ष नेतृत्व समक्ष आज प्रतिवेदन बुझाउने भएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिले समितिले सबै दलको स्थानीय तहमा रहेको पछिल्लो अवस्थाबारे सङ्कलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन सोमबार शीर्ष नेतृत्वलाई बुझाउने भएको हो ।
आइतवार पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको हो ।
गठबन्धनमा आवद्ध दलहरु काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानिय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण