शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यो फिल्मबाट बलिउडमा छाइन् आयशा टाकिया, मात्रै एउटा ‘गल्ती’ ले गरिदियो यस्तो हाल

सोमबार, २८ चैत २०७८, १३ : ०५
सोमबार, २८ चैत २०७८

आयशा टाकियालाई धेरैले फिल्म वान्टेडबाट चिन्न थाले । उनले आइतबार मात्रै आफ्नो ३६ औँ जन्मदिन मनाएकी छिन् । आयशाले आफ्नो करियरमा वान्टेडबाहेक शादी से पहले। दिल मांगे मोरजस्ता सफल फिल्ममा अभिनय गरिन् । १० अप्रिलमा जन्मिएकी आयशाले ‘सोचा न था’, ‘डोर’, ‘नो स्मोकिङ’ जस्ता गम्भीर फिल्ममा पनि काम गरिन् तर उनलाई यो फिल्मले खासै पहिचान भने दिलाएन । अहिले उनी फिल्मबाट टाढै छिन् र बलिउडमा उनको करियर लगभग समाप्त नै भइसकेको छ । आयशा टाकियाको जीवनबारे केही रोचक तथ्यबारे जानकारी लिऔँ ।

आयशा टाकियाले १५ वर्षको उमेरमा नै मोडलिङको दुनियाँमा कदम राखेकी थिइन् । मोडलिङका कारण उनलाई त्यतिबेलाकी चर्चित गायिका फाल्गुनी पाठकको एल्बम गीत ‘मेरी चुनर उड–उड जाए’ मा ब्रेक पाएकी थिइन् । त्यसपछि उनले सन् २००४ मा रिलिज भएको फिल्म ‘टार्जन : द वन्डर कार’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि आयशाले आफ्नो करियरमा विभिन्न फिल्ममा अभिनय गरिन् तर उनले केही कमाल गर्न सकिनन् । सन् २०१० मा रिलिज भएको सलमान खानको फिल्म वान्टेडमा उनले सलमानको को–स्टारको रुपमा अभिनय गरिन् । यो फिल्म सुपरहिट भयो ।

 


वान्टेडपछि आयशा टाकियाले विवाह गरिन् । उनको फिल्म ‘वान्टेड’ विवाह पछि नै रिलिज भयो । आयशाले टलिउडका फिल्ममा पनि अभिनय गरिन् । उनले टेलिउडको फिल्म ‘सुपर’ का लागि उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड जितेकी थिइन् । यसैबीच सन् २००९ मा आयशाले समाजवादी पार्टीका नेता अबू आजमीका छोरा फरहान आजमीसँग विवाह गरिन् । विवाहपछि उनी फिल्म पाठशाला र मोडमा देखिएकी थिइन् ।

फिल्मबाहेक उनले सानो पर्दामा रियालिटी शो ‘सुरक्षेत्र’ पनि होस्ट गरिन् । आयशाका अनुसार फिल्ममा इन्टिमेट र किसिङ सिन गर्दिनँ भनेपछि उनले निकै कम फिल्म पाइन् । उनी फिल्ममा त्यस्तो कुनै पनि दृश्य गर्न चाहँदैनथिन् । यसैकारण उनले फिल्म डोरपछि निकै कम फिल्मको अफर पाइन् । डोरका लागि उनलाई सिने बेस्ट नायिकाको अवार्ड पनि प्रदान गरियो । त्यसपछि अभिनेत्रीको बिस्तारै बलिउडसँग नाता सिद्धिदँै गयो ।

विवाहको चार वर्षपछि आयशाले छोरालाई जन्म दिइन् । यतिबेला आयशा आफ्नो श्रीमानको व्यवसाय सम्हालिरहेकी छिन् । उनी गोवामा पनि आफ्नो व्यवसाय हेरिरहेकी छिन् । सन् २००० देखि अहिलेसम्म आयशाको अनुहारमा निकै परिवर्तन देखिइसकेको छ । मिडिया रिपोर्टका अनुसार उनले आफ्नो ओठ, आँखीभौँ र निधारको शल्यक्रिया गराएकी छिन् । उनको यही शल्यक्रियालाई धेरैले गल्तीको संज्ञा दिएका छन् र उनी हाल थप नराम्री देखिएको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप