शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लवले गठबन्धनलाई सघाएपछि प्युठानमा एमालेलाई सकस

मङ्गलबार, २९ चैत २०७८, २० : ३०
मङ्गलबार, २९ चैत २०७८

प्युठानको एक पालिकामा नेत्रविक्रम चन्द ( विप्लव  ) नेतृत्वको नेपाल कम्युनिस्ट  पार्टी ( नेकपा ) सत्ता गठबन्धन दलहरू सँग चुनावी तालमेल गर्ने सहमति गरे पछि प्युठानमा नेकपा एमाले एक्लिने देखिएको छ ।  प्युठानको माण्डवी गाउँपालिकामा  सत्ता गठबन्धन दलहरू सँग सहकार्य गरेर  आगामी वैशाख ३० गते हुने निर्वाचनमा जाने निर्णय भएको सत्ता गठबन्धन दलसहित विप्लव नेतृत्वको पार्टीले शनिवार विज्ञप्ति जारी गरेको थियो ।

‘माण्डवी  गाउँपालिकामा क्रियाशील राजनीतिक दलहरूको बैठक बसी वैशाख ३० गते हुने स्थानीय चुनावमा दलीय अस्तित्व स्वीकार गर्ने गरी गठबन्धनसहित एक ढिक्का भएर जाने कुरामा सहमतिका साथ प्रेस वक्तव्य जारी गरेका छौँ,’ विज्ञप्तिमा भनिएको थियो ।  विज्ञप्तिमा  काँग्रेसका गाउँपालिका कार्यसमिति उपसभापति ऋषिराम अधिकारी, माओवादीका गाउँ कमिटी अध्यक्ष बलबहादुर खत्री, जनमोर्चाका अध्यक्ष शंकर आचार्य र नेकपाका इन्चार्ज हरि बस्नेतले हस्ताक्षर गरेका छन्।

इन्चार्ज बस्नेतले आफ्नो पार्टी निर्वाचनमा नगए पनि स्वतन्त्र रूपमा उम्मेदवार उठाउने नीति  लिएको प्रतिक्रिया दिए। उनले माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनसँग सहकार्य गरेर जान आफूहरू तयार भएको पनि बताए। ‘पार्टी निर्वाचनमा जान्दैन । हामी स्वतन्त्र उठाउँछौँ,’ बस्नेतले भने, ‘प्युठानको माण्डवी गाउँपालिकामा हामीले सहकार्य गरेर जाने सहमति गरेका हौँ।’ उनले सत्ता गठबन्धनसँग सहकार्यका लागि सहमति भए पनि भागबण्डा भने भई नसकेको  उनको भनाई छ । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई निकटतम प्रतिद्वन्द्वी  र काँग्रेसलाई तेस्रो स्थानमा राख्दै त्यस पालिकामा एमाले विजयी भएको थियो । तर अहिले विप्लव नेतृत्वको नेकपासमेत सत्ता गठबन्धन सँग सामेल भए पछि एमालेका लागि हिजोको विरासत फर्काउन कठिन देखिएको छ ।

अघिल्लो चुनावको नतिजा

९ वटा  पालिका रहेको प्युठानमा एमालेले ३ वटा पालिका जितेको थियो ।   ती मध्ये दुई वटामा माओवादी केन्द्र निकटतम प्रतिद्वन्द्वी र एउटामा राष्ट्रिय जनमोर्चा थियो । काँग्रेसले  ३ वटा पालिका जितेको  थियो । जसमध्ये दुईटामा एमाले र अर्कोमा जनमोर्चा निकटतम प्रतिद्वन्द्वी थियो । जनमोर्चाले  दुई वटा पालिका जितेको थियो । जसमध्ये एउटामा  निकटतम प्रतिद्वन्द्वी माओवादी  र अर्कोमा एमाले थियो । माओवादीले एउटा पालिका जितेको थियो  । जसमा एमाले निकटतम प्रतिद्वन्द्वी र काँग्रेस तेस्रो थियो ।

ऐरावाती गाउँपालिकामा काँग्रेसले २ हजार ४९० मतले जितेको थियो । उसको निकटतम प्रतिद्वन्द्वी एमालेले २ हजार ४७४ मत प्राप्त गरेको थियो ।  जति बेला काँग्रेस भन्दा झिनो मतान्तर जम्मा १६  मतले एमालेले हार बेहोरेको थियो । जबकि त्यति बेला  जनमोर्चाले २ हजार २२२ मत प्राप्त गरेको थियो । अहिले जनमोर्चा  सत्ता गठबन्धन मै भए पछि मान्डवी गाउँपालिका एमालेका लागि फलामको चिउरा हुने देखिएको हो ।

गौमुखी गाउँपालिकामा ३ हजार ७४२ मत ल्याएर काँग्रेसले जितेको थियो । उसको निकटतम प्रतिद्वन्द्वी जनमोर्चाले २ हजार ५६४ मत ल्याएको थियो । एमालेले २ हजार ३२३ मत ल्याएको थियो ।  अघिल्लो निर्वाचनको मत  काँग्रेस र जनमोर्चाले सुरक्षित राख्न सकेको भए ती दुई वटा दलको मत जोड्दा ६ हजार २०६ मत हुन्छ ।

झिमरुक गाउँपालिकामा ३ हजार ६६० मत लाई जनमोर्चाले जितेको थियो । उसको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र २ हजार ७८२  मत ल्याएको थियो । एमालेले २ हजार २३७  मत ल्याएको थियो । नौवहिनी गाउँपालिकामा काँग्रेसले ५ हजार ३ हजार ६० मत ल्याएर विजयी भएको  थियो ।  उसको निकटतम प्रतिद्वन्द्वी ३ हजार ५७५ मत ल्याएको थियो । उति बेला यी दुई दलको १६७ मतको अन्तर थियो । जहाँ अहिले एमालेलाई फेरि हराउन काँग्रेसलाई माओवादी केन्द्र र जनमोर्चाको आवश्यकता पर्छ ।

प्युठान नगरपालिकामा  माओवादीले ५ हजार  ३१३ मत ल्याई विजयी भएको थियो । जहाँ निकटतम प्रतिद्वन्द्वी  एमालेले ४ हजार २५३ मत प्राप्त गरेको थियो । उति बेलै माओवादी र एमालेबीच १ हजार ८८ मतको अन्तर थियो ।  जबकि उति बेला अहिले साथमा रहेको काँग्रेसले ३ हजार २५८ मत ल्याएको थियो ।

मल्लरानी गाउँपालिकामा जनमोर्चाले  २ हजार ३२ मत ल्याएर जितेको थियो । उसको निकटतम प्रतिद्वन्द्वी, एमालेले १ हार ६८३ मत ल्याएको थियो । उति बेलै जनमोर्चा भन्दा भारी मत अर्थात ३४९ मतको अन्तर थियो । जबकि अहिले  सँगै रहेको  काँग्रेसले एमाले कै हाराहारीमा १ हजार ६३१ मत ल्याएको थियो । 

माण्डवी  गाउँपालिकामा १ हजार ७५३ मत ल्याएर एमाले विजयी भएको  थियो ।  उसको निकटतम प्रतिद्वन्द्वी माओवादीले १ हजार ७४१ मत ल्याएको थियो । त्यहाँ काँग्रेसले झण्डै हाराहारी १ हजार ४५० मत ल्याएको थियो । सरुमारानी गाउँपालिकामा एमालेले ३ हजार ६७७ मत ल्याएर विजयी भएको थियो ।  त्यहाँ उसको निकटतम प्रतिद्वन्द्वी माओवादीले २ हजार २४२ मत ल्याएको थियो ।

 स्वर्गद्वारी नगरपालिकामा ४ हजार ५९८ मत ल्याएर एमाले विजयी भएको थियो ।  निकटतम प्रतिद्वन्द्वी जनमोर्चाले ३ हजार ६४५ मत ल्याएको थियो । उति बेला यी दुई बीच ९५३ मतको  अन्तर थियो ।  जबकि उति बेला त्यहाँ काँग्रेसले २ हजार ९६६ मत ल्याएको  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप