शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एन्फा निर्वाचन : कुन जिल्लामा कसको नेतृत्व ?

शनिबार, ०३ वैशाख २०७९, १८ : १२
शनिबार, ०३ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भैरहेका छन् । एन्फाको जिल्ला निर्वाचन दश गतेसम्म सक्ने कार्यतालिका रहेको छ । केन्द्रीय निर्वाचनका लागि ४८ जिल्लामा निर्वाचन हुँदैछ । त्यसमध्ये ४५ जिल्लाले मताधिकार पाउनेछन् । त्यसैका लागि निर्वाचन चलिरहेको छ । एन्फा निर्वाचनमा कतै सर्वसम्मत छ भने कतै निर्वाचन भएको छ । 

शनिबार सम्पन्न निर्वाचनमा अनिल मल्लको नेतृत्वमा कैलाली जिल्लाको नयाँ कार्यसमिति बनेको छ । जसमा उपाध्यक्षहरूमा कुमार बहादुर शाही, जितेन्द्र कुमार बोगटी र रज बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरूमा आरती आचार्य, मोहित कुमार शाह, तेज बम, चन्द्र देव बम, हर्क दानपाली, होम तामाङ, कृष्णबहादुर डगौरा, देवि रामा जैसी, सुरेस चौधरी र श्याम विष्ट रहेका छन् ।

त्यस्तै काभ्रे जिल्ला फुटबल संघको नेतृत्वमा विकास नारायण श्रेष्ठ आएका छन् । वरिष्ठ उपाध्यक्षमा निरोज श्रेष्ठ, उपाध्यक्षमा महेश कुमार कर्माचार्य र मनिष श्रेष्ठ । सदस्यहरूमा मनिष भोछिभोया, सुवास थापा, रोजन श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, पारसमणि कायस्थ, विनोद शाक्य, अबोध भूषण खोजुँ श्रेष्ठ, विवेक भट्टराई, अमृत मानन्धर, अंकुर ब्याञ्जु र रसिला थापा मगर रहेका छन् ।  

यता पाँच जिल्लामा सर्वसम्मत कार्यसमिति आएको छ । जसमा रुपन्देही, लम्जुङ, बाग्लुङ र महोत्तरीको जिल्ला नेतृत्व सर्वसम्मत आएका छन् । 

लमजुङमा लोकेन्द्र गुरुङ नेतृत्वका सर्वसम्मत कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, सञ्जीव पौडेल र योगबहादुर गुरुङ चुनिएका छन् । सदस्यमा खड्गजंग गुरुङ, सुमिन घले, विशाल अधिकारी, सञ्जीव राना, कुसुम राज बराल, आनन्द गुरुङ, नरेन्द्र थापा, निपेन्द्र श्रेष्ठ, सुदिप श्रेष्ठ, शिव खाती र महिला सदस्यमा हरिमाया गुरुङ निर्वाचित भए । 

रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा बुद्धिबहादुर गुरुङ, मुकेश कुँवर र सुधीर थापा, महिला सदस्यमा मोतीकला गुरुङ तथा सदस्यमा शंकर मल्लाह, सञ्जय कार्की, प्रेम राना, बसन्त श्रेष्ठ, पदम थापा, दिपक गुरुङ, ललित तिरुवा, सोमबहादुर बिक, मनमोहनलाल गुभाजु र दिपेश गुरुङ सर्वसम्मत चुनिए । 

महोत्तरीमा प्रमोद मानन्धर र बाग्लुङमा जय राज भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शनिबार बिहानै भएको पर्सा जिल्ला फुटबल संघको निर्वाचनमा अनिलकुमार कलवारको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।  

पर्सा जिल्ला कार्यसमिति सर्वसम्मतिबाट चयन भएका छन् । अध्यक्षमा अनिल कुमार कलवार, उपाध्यक्ष दीपक शाह, हेमन्त चौधरी, ईश्वर चन्द यादव छन् । त्यस्तै सदस्यहरूमा सरोज यादव, राजेन्द्र कुमार पटेल, नारायण प्रसाद कुर्मी, दीपेन्द्र लाम्रा कुर, मानदेव हजरा, असण महत्व, संजीव थापा, अलि अस्कर हवारी, सतेन्द्र कुमार चौधरी, वेद प्रकाश कुर्मी र अहिला सदस्यमा मिहीका थापा । 

यसअघि जुम्लामा भरत बुढाथापा नेतृत्वको ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो । थापा चौथो पटक जिल्ला फुटबल संघको नेतृत्वमा चुनिएका हुन् । वरिष्ठ उपाध्यक्ष राजबहादुर खत्री, उपाध्यक्षमा विकल्पजंग शाही र रोशन श्रेष्ठ छन् । सदस्यमा खड्कबहादुर भण्डारी, मदनराज भारती, धमेन्द्र महतरा, भरतबहादुर खत्री, नरेश महत, रविन्द्र शाही र विष्णु महत निर्विरोध भए । महासचिवमा दीपेन्द्रबिक्रम हमाल, कोषाध्यक्षमा अजय थापा मनोनीत भए ।

त्यस्तै कञ्चनपुरमा निर्वाचनमार्फत कार्यसमिति चयन भएको थियो । कञ्चनपुरमा गणेशबहादुर चन्द प्यानल सहित नेतृत्वमा निर्वाचित भए । भीमबहादुर थापालाई हराउँदै चन्द जिल्ला फुटबल संघको नेतृत्वमा चुनिएका हुन् । चन्दले ११ र थापाले २ मत प्राप्त गरे ।  उपाध्यक्षमा दाउत तामाङ, केशव चन्द, रमेश चन्द निर्वाचित भए । 

सदस्यमा प्रजापति भट्ट, बलबहादुर जागरी, कमलेश सिंह, दीपकसिंह बोहरा, राजप्रताप सिंह, सुकबहादुर तामाङ, भिमबहादुर चन्द, महेश चन्द, शंकर चन्द, हेलन श्रेष्ठ र महिला सदस्यमा महेन्द्रा भट्ट निर्वाचित भए । 

भोजपुरमा प्रवीण कुमार सुवालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्ष भास्कर तामाङ, टंक प्रधान र आङ पासाङ शेर्पा निर्विरोध रहे । सदस्यमा उसान किरात, सन्तोष मोक्तान, संग्राम राई, विनोद राई, सुदीप कार्की, सुरेन्द्र महत, नगेन्द्र राई, डम्बर राई चयन भएका छन् । 

बाँकेमा भोजराज शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । भोजराजले सुन्दरमणि अधिकारलाई हराउँदै नेतृत्वमा निरन्तरता पाए । भोजराजले ९ मत प्राप्त गरे । प्रतिद्वन्द्वी सुन्दरमणिले मात्र २ मत पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप