आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउड गायिका सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिबारको दिन’

शनिबार, ०३ वैशाख २०७९, १९ : ०२
शनिबार, ०३ वैशाख २०७९

लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत ‘नयाँ बर्षको ’ को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दीपक सापकोटा को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री , प्रदीप लामा , सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्वयंले  निर्देशन गरेका हुन् ।

बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रूपमा तयार गरिएको छ ।  भिडियोमा सुशान्त खत्री प्रदीप लामा सन्तोषी कार्की, रोशनी तामाङ ,सानू कार्की, गणेश पराजुली ,राम कँडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रूपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप