सन्धिखर्कको मेयरमा खनाल सिफारिस
सञ्चार उद्यमी श्रीधर खनाल सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । खनाललाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौँ र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेका हुन् ।
विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखाँची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ । २०५६ सालदेखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनालले पछिल्लो समय पार्टीको लुम्बिनी काठमाडौँ प्रदेश सम्पर्क समन्वय समितिमा आबद्ध छन् । समन्वय समितिमा रहेका व्यक्तिहरू उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटीबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार खनालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो । मिडिया क्षेत्रमा लगानी गरेका खनाल जनता टेलिभिजनका सदस्य तथा एप्पल मिडिया प्रालिका अध्यक्ष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्मिन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण