पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
शनिबार, २३ जेठ २०८३, १६ : ०८
सारांश
- भारत सरकारले पश्चिम बंगाललाई समेट्ने बुलेट ट्रेन परियोजना घोषणा गरेको छ।
- रेलमन्त्री अश्विनी वैष्णवले सिलिगुडीलाई दिल्ली, लखनउ, वाराणसी र पटनासँग जोड्ने उच्चगति रेलमार्ग निर्माण गरिने जानकारी दिएका छन्।
- केन्द्र सरकारले पश्चिम बंगालको रेल पूर्वाधार विकासका लागि एक लाख करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।
कोलकाता । भारत सरकारले पश्चिम बंगाललाई समेट्ने बुलेट ट्रेन परियोजना अघि बढाउने घोषणा गरेको छ।
रेलमन्त्री अश्विनी वैष्णवले सिलिगुडीलाई दिल्ली, लखनउ, वाराणसी र पटनासँग जोड्ने उच्चगति रेलमार्ग निर्माण गरिने जानकारी दिएका छन्।
उनका अनुसार बुलेट ट्रेनमार्फत सिलिगुडी–दिल्ली यात्रा करिब ६ घण्टामै पूरा गर्न सकिनेछ। परियोजनाको प्रारम्भिक काम छिट्टै सुरु गरिने पनि उनले बताए।
यसैबीच, केन्द्र सरकारले पश्चिम बंगालको रेल पूर्वाधार विकासका लागि एक लाख करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।
योजनाअन्तर्गत राज्यका १०२ वटा रेल स्टेसनको स्तरोन्नति गरिनेछ भने कोलकाता मेट्रोमा आगामी केही वर्षभित्र ६० वटा अत्याधुनिक रेल थपिनेछन्।
सरकारले रेलमार्गमा हुने ट्राफिक समस्या कम गर्न सयौँ अन्डरपास र फ्लाइओभर निर्माण गर्ने योजना पनि सार्वजनिक गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण