शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

मङ्गलबार, ०६ वैशाख २०७९, २३ : ००
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाली जनप्रगतिशील मञ्च जापानले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मञ्चको संस्कृति, पर्यटन तथा अतिरिक्त विभागले आइतबार टोकियोस्थित शिनओकुवोमा शुभकामना साँझ -२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा सहभागीहरुले मन्तव्य राख्दै नयाँ वर्षको शुभकामना आदान-प्रदान गरेका थिए । उनीहरूले प्रवासमा रहेर पनि पार्टी संगठनलाई आसन्न स्थानीय तह निर्वाचनमा आ-आफ्नातर्फबाट पार्टीलाई सहयोग गर्न आग्रह गरेका थिए ।

पार्टीको प्रवास समन्वय समितिका सदस्य डा. भूपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवारहरूलाई विजयी बनाउनका लागि प्रवासमा रहेकाहरूले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्न आग्रह गरे । प्रवास समन्वय समितिका सदस्य अरुण श्रेष्ठले पनि आगामी निर्वाचनमा संस्थागत रूपमा सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।

इन्चार्ज रामहरि पुडासैनीले मञ्चको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि योजनाबद्ध ढंगले कार्यक्रमको तर्जुमा गरी गरिनुपर्ने बताए भने मञ्चका अध्यक्ष भवानी पन्तले यस्ता कार्यक्रमले आफ्नो संस्कृतिलाई बचाई नयाँ पुस्तामा हस्तान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यिनै कार्यक्रमका माध्यमबाट संगठन विस्तार र संस्थागत कार्य गरिने अध्यक्ष पन्तको भनाई थियो । विभागका संयोजक तथा मञ्चका उपाध्यक्ष श्याम हरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका महासचिव बाबुराम पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकारहरु  तिलक मल्ल,  शालिकराम भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

मञ्चकी सचिव समेत रहेकी महिला बिभाग प्रमुख तथा संस्कृति, पर्यटन तथा अतिरिक्त विभागकी सदस्य मुना सुनारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा कान्तो समितिका अध्यक्ष गोकर्ण बर्तौला, नागोया क्षेत्रीय समितिका अध्यक्ष हरि दोङसहित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप