शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा अस्पताल भर्ना हुने ४ संक्रमितमध्ये एक बालबालिका

बुधबार, ०७ वैशाख २०७९, ०८ : ५७
बुधबार, ०७ वैशाख २०७९

पछिल्लो केही दिनयता भारतमा बढ्दै गएको कोरोना संक्रमणले चौथो लहरको सम्भावना बढेको छ । यसपटक बालबालिकामा सङ्क्रमण दरले चिन्ता बढाएको छ । दिल्लीमा कोरोनाबाट अस्पताल भर्ना भएका बिरामीमध्ये २७ प्रतिशत बालबालिका रहेका छन् । दिल्लीको छेउमा रहेको नोएडा र गाजियाबादमा धेरै स्कुल जाने बच्चाहरू संक्रमित भएको रिपोर्टहरू छन् । दिल्लीमा हाल कूल ५१ कोरोना बिरामी अस्पतालमा भर्ना छन्, जसमध्ये १४ बालबालिका छन्।

योसँगै देशमा ११ साताको गिरावटपछि पहिलो पटक कोरोना संक्रमित बढेका छन् । राजधानी दिल्ली, हरियाणा, यूपीमा पनि गत हप्ता मामिलाको तीव्र वृद्धिपछि देशमा फेरि नयाँ लहरको चर्चा सुरु भएको छ ।  सोही समयमा, नोएडामा १८ अप्रिलमा १०७ कोरोना केसहरू रिपोर्ट गरिएको थियो, जसमध्ये ३३ जना बालबालिकाहरू थिए। नोएडामा हालसम्म १०० बालबालिका कोरोनाबाट संक्रमित भएका छन् । नोएडासँगै गाजियाबादका धेरै विद्यालयका बालबालिका पनि कोरोनाबाट संक्रमित भएका छन् ।

बालबालिकामा छिटो संक्रमण हुनुको कारण के हो ? यो प्रश्न एपिडेमोलोजिस्ट डा चन्द्रकान्त लहरियालाई सोध्दा उनले भने, ‘बालबालिकामा कोरोना संक्रमण भएमा आत्तिनुपर्ने अवस्था छैन । विद्यालय बन्द हुँदा पनि बालबालिकामा कोरोना संक्रमण हुने गर्थे । अहिले विद्यालय खुल्ने बित्तिकै केसहरु आउने क्रम बढेको छ ।’ 

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप