शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र कि किसान भन्दै तनहुँमा ३० हजारको खसी बाजी

बुधबार, १३ मङ्सिर २०७४, १२ : ४२
बुधबार, १३ मङ्सिर २०७४



तनहुँ । तनहुँको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कि बाम गठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसान भन्नेबारे देशभरी चासोको विषय बनेको छ । पौडेल र श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि सभाका उम्मेदवार हुन् ।

दुई नेताको प्रतिस्पर्धाको कारण जिल्लामा चुनावी माहौल तातिरहेको बेला तनहुँको दमौलीमा पौडेलले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे ३०–३० हजारको खसी बाजी थाप्न थालिएको छ । 
व्यास नगरपालिका वडा नम्बर ३ का श्रेष्ठ थरका एक व्यक्तिले रामचन्द्र पौडेलले जित्ने दाबीका साथ हारेमा ३० हजारको खसी तिर्ने बाजी थापेका छन् भने व्यास नगरपालिका वडा नम्बर ४ का थापा थरका अर्का व्यक्तिले किसान श्रेष्ठले जित्ने दाबीका साथ हारेमा श्रेष्ठ थरका व्यक्तिलाई ३० हजारको खसी तिर्ने बाजी थापेका हुन् । 
उनीहरुले दमौली नजिक देउरालीनगरमा कागजमा सहिछाप गरी सो खसी बाजी राखेको बुझिएको छ । 

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका तर्फबाट काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र बामगठबन्धनका तर्फबाट कृष्ण कुमार श्रेष्ठ किसान बिच चुनावी प्रतिस्पर्धा तीव्र रूपमा अगाडि बढिरहेको छ । 
यसपटक पौडेल आफ्नो बिरासत जोगाउने अभियानमा छन् भने किसान एकपटक खाता खोलेर नयाँ इतिहास रच्ने दाउमा रहेका छन । चुनाव आउन ८ दिन बाँकी रहँदा दुवै नेताले आफ्नो जित सुनिश्चित रहेको बताइरहेका छन ।
यस अघि गोरखामा नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराई बिचको प्रतिस्पर्धामा कस्ले जित्छ भन्दै लाख–लाख बाजी थापेको खबर बाहिर आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप