ad
x

कश्यपको कथा : यसरी खोलिदियो उखुको फलले राजाको आँखा

person explore access_timeबैशाख १०, २०७९ chat_bubble_outline0

एकादेशमा मकरध्वज नामका राजा थिए । उनको नाम जति राम्रो थियो स्वभाव ठीक विपरीत । सनकाहा थिए, जे मन लाग्यो त्यही गर्थे, गर्न लगाउँथे । उनको व्यवहारबाट दरबारमा सबै हैरान थिए । राजाको अगाडि बाबाको दुहाई, कसको के लाग्ने । राजाले भनेपछि गर्नैप¥यो, नसके पनि गरेजस्तो गर्नैपर्‍यो । कुनै बेला यस्तो काम पनि गर्न लगाउँथे, जो सम्भव नै हुँदैनथ्यो ।  तैपनि हुँदैन र सकिन्न भन्ने छुट कसैलाई थिएन । जसले हिम्मत गथ्र्यो उसले कि जागिर गुमाउनुपथ्र्यो कि घरवास जान्थ्यो । त्यस्तै परे ज्यानैबाट हात धुन पनि बेर लाग्दैनथ्यो ।  


राजा मकरध्वज एकदिन मन्त्री दिवाकरको साथ ग्रामिण बस्तीमा घुम्न गएका थिए । गाउँले कृषकहरू घरायसी कोलमा उखु पेलिरहेका रहेछन् । त्यस जमानामा हालको जस्तो विज्ञान प्रविधिको विकास भएको थिएन । गाउँलेहरू परम्परागत प्रविधिबाटै काम चलाउँथे । काठको कोलमा उखुको कुड्का हालेर रस निकालेको देखेर राजाले आश्चर्य मान्दै सोधे–



‘मन्त्रीजी ! यिनीहरू यहाँ के गर्दैछन् ?’
‘उखु पेल्दैछन् ।’ मन्त्रीले नालीबेली लगाउँदै भने–
‘यो उखु पेलेर रस निकाल्ने तरिका हो महाराज ! कृषकहरू यसैगरी घरायसी काम चलाउँछन् ।’
‘किन, अर्को उपाय छैन ?’



‘छैन महराज !’
‘अनि उखु पेल्नुको कारण नि ?’
‘किनकि खुदो बनाउन यस्तै गर्नुपर्ने हुन्छ । हामीले खाने सख्खर पनि यसैबाट बनेका हुन्छन् ।’
‘ओ हो ! सख्खर त निकै मीठो पो हुन्छ त ।’
‘हो महराज !’



‘यी उखु पनि त्यस्तै मीठा हुन्छन् त ?’
‘हो, यिनीहरू पनि गुलिया नै हुन्छन् ।’
‘खाएका छौ ?’
‘हो, खाएको छु ।’
‘मलाई पनि चखाउन त ।’



त्यसपछि मन्त्रीले एक कुड्का उखु ल्याएर दिए । राजाको छोरा कहिल्यै खाएका थिएनन् । चपाउन सुरू के गरेका थिए ओठ पाछेर रगत बग्न थाल्यो । उसै त के ...भनेजस्तो निहुँ चाहिएको थियो पाइहाले । रिसाउँदै सोधे–



‘यो के हो ?’
‘उखुले पाछेर त्यस्तो भएको हो महाराज !’
‘यस्तो धृष्टता ?’



‘धृष्टता होइन महाराज ! उखुको गुण नै यस्तै हो । चपाउन नजान्दा मुख पाछेर रगत आउन सक्छ ।’



‘तत्कालै दण्डित गर्नू ।’

‘कसलाई महाराज !’

‘यही उखुलाई नि कसलाई ।’

‘दण्डित ?’

‘हो दण्डित ।’

‘यो त बेजान छ महाराज !’

‘भएर के भो त ?’

‘बेजानलाई कसरी दण्डित गरौँ ?’

‘त्यो पनि मैले नै बताउनुप¥यो ?’

‘त्यो त होइन ।’

‘के हो त ?’

‘यही कि यसलाई कारबाही गर्न गाह्रो छ भनेको नि ।’

‘त्यो मलाई थाहा छैन । उसले मेरो रगत बगाएको छ भने मूल्य पनि चुकाउनैपर्छ । दिन्छन् केही फल लिएर आउनू । अन्यथा आगो लगाएर वंशै विनाश पारिदिनू ।’

विचरा मन्त्रीजी धर्मसङ्कटमा परे । फल ल्याएर दिउँ उखुको फलै हुन्न कहाँबाट ल्याएर दिने । न दिउँ उखुबारी पोलेर निर्दोष कृषकलाई रुवाउनुपर्ने भयो । तैपनि हिम्मत हारेनन् र केही दिनको समय मागी बाटो लागे ।  

उनी चलाखी गरी तत्काल उम्कन सफल भएका भए पनि समस्या टरेको थिएन सरेको मात्र थियो । कुनै पनि बेला राजाले पुनः त्यही कुरो उठाउन सक्थे । त्यसैले घरमा गएर सोच्न लागे । दुईचार दिन यसै बित्यो । राजाले बोलाउन पठाउँदा पनि उखुको फल खोज्दैछु भन्ने बाहना बनाए तर टार्ने पनि कति दिन । एक दिन त समाना गर्नैपर्ने थियो । यस्तैमा एक दिन बिहान उनको घरमा चतुर्भुज शर्मा (चतुरे बाहुन) आइपुगे । उनलाई देख्नासाथ मन्त्रीजीलाई सासै आएजस्तो भयो । सामान्य वार्तालापपछि मन्त्रीजीले आफ्नो समस्या बताए । उनको समस्या बुझेर चतुरेले लामो सास फेर्दै भने–

‘ठीकै छ चिन्ताको कुरा छैन । भोलि दरबार जाँदा मलाई पनि साथै थिएर जानुहोला ।’

यति भनेर चतुरे विदा भए । मन्त्रीजी त्यो दिन आरामले बिताई भोलिपल्ट चतुरेको साथमा दरबारमा दाखिला भए । दरबार बस्नासाथ राजाले उखुको फलबारे सोधे । मन्त्रीजीको सङ्केत पाउनासाथ चतुरेले राजालाई एउटा बन्द डिब्बा दिँदै भने–

‘लिनुस् महाराज !’

डिब्बामा केही सख्खर देखेर राजाले रिसाउँदै भने–

‘के हो यो ?’

‘उखुको फल महाराज ।’

‘के मलाई मूर्ख बनाउन खोज्दै छौ ?’

‘होइन महाराज !’

‘त्यसो भए आपैmँ मूर्ख सावित हुन खोज्दै छौ ?’

‘त्यो पनि होइन महाराज !’

‘नभए के हो त ?’

‘किन र महाराज !’

‘उखुको फल भनेर सख्खर दिनेलाई के भन्ने ?’

‘केही पनि नभनी फल स्वीकार गर्ने महाराज ।’

‘के जिस्क्याउन खोजेको ? को हुँ थाहा छ ?’

‘रिसानी माफ होस् सरकार त्यसो होइन ।’

‘कसो हो त ?’

‘उखुको फल नै यही हो महाराज !’

‘तत्कालै सिद्ध गरेर देखाउने छौ, होइन भने जे पनि हुन सक्छ ।’

त्यसपछि चतुरेले विनम्रतापूर्व भने–

आफैँमा उखुको फल हुँदैन महाराज ! ऊ मात्र सर्छ, कि जराबाट कि टुप्पोबाट तर फल्दैन, जुन कुरा महाराजलाई पनि थाहा हुनुपर्छ । तैपनि फल नै चाहिएको हो भने यसैलाई फल मान्नुको विकल्प छैन । यसै पनि सख्खर बन्ने उखुबाटै हो । उखुको रसबाट खुदो र खुदोबाट सख्खर बन्छ भने उखुकै फल चाहिएको अवस्थामा योभन्दा सुन्दर विकल्प अरू के हुन सक्छ ? कि यस्ता असम्भव कुरा उठाउनै हुँदैन । उठाउने हो भने यस्तैले मन बुझाउनुपर्ने हुन्छ । चतुरले थोरै कुरामा धेरै भने । उनको कुरा सुनेर राजा नाजवाफ मात्र भएनन् रातोपीरो हुँदै निवासतिर लागे । त्यसपछि यस्तो उट्पट्याङ कुरा गरे हैरान पार्ने हिम्मत कहिल्यै गरेनन् ।

भनिन्छ अति सर्वत्र वर्जयेत । राजालाई पनि त्यस्तै भयो । अति गर्दा उनले निरुत्तर हुनुमात्र परेन भारी सभामा मुख रातो बनाएर फर्कनुपर्‍यो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।