बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक
शनिबार, १० वैशाख २०७९, १० : ००
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले गुनासो गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत रहेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
