९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा प्रभातफेरी
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।
भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रहने जनाइएको छ ।
सो कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य र राजेन्द्र चित्रकार, वर्तमान अध्यक्ष प्रदीपराज वन्तले सम्बोधन गरेका थिए । उनीहरुले फोटो पत्रकारले भोग्दै आएका समस्याका बारेमा उजागर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण