शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

फिरोज र विनोदको मित्रता : एकै वर्ष सम्बन्ध विच्छेद,  एकै मितिमा मृत्यु

बुधबार, १४ वैशाख २०७९, ०९ : ००
बुधबार, १४ वैशाख २०७९

बलिउडमा दुस्मनीका किस्सा धेरै चर्चित भए तर फिरोज खान र विनोद खन्नाले मित्रतालाई चर्चित बनाए । सन् १९७६ मा शंकर शम्भुको सेटमा यी दुईको भेट भएको थियो ।

फिल्मसँगै उनीहरूको मित्रता पनि गाढा भयो । यस फिल्मपछि यी दुईको जोडी सन् १९८० को हिट फिल्म कुर्बानी र १९८८ मा आएको फिल्म दयावानमा देखा परेको थियो । दुवै चलचित्रलाई फिरोज खानले निर्माण तथा निर्देशन गरेका थिए। फिल्म उद्योग छोडेपछि विनोदले दयावान फिल्मबाट पुनरागमन गरेका थिए । उनीहरूको मित्रताका धेरै कथा अहिले पनि उद्योगमा चर्चित छन् ।

अभिनेता फिरोज खानको मृत्यु २७ अप्रिल २००९ मा जन्मस्थान बैंगलोरमा मृत्यु भयो । ठीक ८ वर्षपछि विनोद खन्नाले ७० वर्षको उमेरमा २७ अप्रिल २०१७ मा अन्तिम सास लिए । विनोदको मृत्युपछि ऋषि कपूर र सोफी चौधरी जस्ता धेरै सेलेब्सले यो संयोगलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

दुवैको मृत्युको कारण क्यान्सर बन्यो । फोक्सोको क्यान्सरका कारण ६९ वर्षको उमेरमा फिरोज खानको निधन भएको थियो । धेरै वर्षको उपचारपछि फिरोज अन्तिम समय बैंगलोरको फार्महाउसमा बस्दै आएका थिए । अर्कोतर्फ विनोद खन्नाको मृत्युको कारण पनि क्यान्सर नै थियो । विनोदलाई मूत्राशयको क्यान्सर थियो जसका कारण उनको मृत्यु भएको थियो ।

विनोद खन्नाले सन् १९७१ मा गीताञ्जलीसँग विवाह गरेका थिए । यस विवाहबाट अभिनेताका दुई छोराहरू छन्, अक्षय र राहुल, जो बलिउडका चर्चित अभिनेता हुन्। विवाहको १४ वर्षपछि सन् १९८५ मा विनोदले गीताञ्जलीसँग सम्बन्ध विच्छेद गरे । यो त्यही वर्ष हो जब फिरोज खानले आफ्नी श्रीमती सुन्दरीलाई पनि सम्बन्ध विच्छेद गरेका थिए ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप