शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

अमिषा पटेलविरुद्ध ठगीको मुद्दा

बिहीबार, १५ वैशाख २०७९, ०९ : २१
बिहीबार, १५ वैशाख २०७९

‘गदर एक प्रेम कथा’ जस्ता हिट फिल्ममा गम्भीर भूमिकाबाट प्रशंसा पाएकी अभिनेत्री अमिषा पटेललाई लिएर मध्यप्रदेशमा निकै हंगामा भएको छ । अमिषा पटेललाई खण्डवामा नवचण्डी महोत्सव मेलाको समापनको अवसरमा आयोजना गरिएको स्टार नाइटमा प्रस्तुति दिन बोलाइएको थियो।

यस शोको लागि अमिषाले करिब पाँच लाख रुपैयाँ शुल्क लिएकी थिइन् । तर कार्यक्रममा उनले तीन मिनेट मात्रै प्रस्तुति दिइन् । यसपछि दर्शकले हंगामा मच्चाए । आयोजकले अमिषा पटेललाई कार्यक्रम गर्न आग्रह गरे पनि उनी कार्यक्रम छाडेर हिँडिन् । सोही विषयमा उनीविरुद्ध ठगीको मुद्दा दायर भएको छ । यता अमिषा पटेलले भने आफ्नो ज्यान खतरामा परेकोले शो पूरा गर्न नसकेको दाबी गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप