शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केराबारीमा एमालेकी महिला वडा सदस्यको उम्मेदवारी खारेज

बिहीबार, १५ वैशाख २०७९, १८ : ०७
बिहीबार, १५ वैशाख २०७९

मोरङको केराबारी गाउँपालिका वडा नम्बर १  मा महिला सदस्यमा उम्मेदवारी दिएकी ४७ वर्षीय पवित्रा लिम्बुको उम्मेदवारी खारेज भएको छ । लिम्बुलाई नेकपा एमालेले वडा सदस्यमा उम्मेदवारी उठाएको थियो । उजुरी परेर आवश्यक छानविन गरेपछि लिम्बुको उम्मेदवारी खारेज भएको निर्वाचन कार्यालय केराबारीका प्रमुख भानुभक्त न्यौपानेले जानकारी दिए ।

लिम्बु केराबारी गाउँपालिकाको महिला स्वयंसेविकाको जिम्मेवारीमा बहाल रहेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।  निर्वाचन कार्यालयले  उक्त उजुरी उपर निर्णय गरि उम्मेदवारी खारेज गरेको हो । केराबारीमा नेकपा एमालेका चारजना उमेदवारविरुद्ध उजुरी परेको थियो । अन्य तीन जनाले भने  सफाइ पाएका छन् । 

एमालेबाट केराबारी गाउँपालिका–८ मा वडाअध्यक्षको उम्मेदवारी दिएका ५७ वर्षीय टिकाराम चापागाईँ, सोही ठाउँमा वडा सदस्यमा एमालेबाटै उम्मेदवारी दिएका २७ वर्षीय दिलबहादुर राई र महिला सदस्यमा उम्मेदवार दिएकी ३७ वर्षीय सन्तोषी सार्की विरुद्ध उजुरी परेको थियो । उनीहरुको हकमा निर्वाचन कार्यालयले सफाइ दिएको छ । 

केराबारी गाउँपालिकामा प्रमुखमा ७, उपाध्यक्षमा ५ जनासहित १९० जनाको उम्मेदवारी परेको छ । यस्तै वडाअध्यक्षमा ४०, महिला सदस्य ३३, दलित महिला सदस्यमा ३४ र खुल्ला सदस्यमा ७० जनाको उम्मेदवारी परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप