बलिउडको बेहाल भैरहँदा केजीएफ १ हजार करोड कमाउने चौथो चलचित्र बन्यो
केजीएफ–२ फिल्मले विश्वभर १ हजार करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । आरआरआर, बाहुबली २ र दंगलपछि केजीएफ–२ हजार करोड कमाउने पहिलो भारतीय फिल्म बनेको हो । यी चार फिल्ममध्ये तीन साउथका फिल्म हुन् भने बलिउडको दंगलले मात्र यो आँकडा पार गरेको छ ।
केजीएफ–२ एक कन्नड चलचित्र हो जसले हरेक दिन ठूला रेकर्डहरू तोडिरहेको छ। यसअघि २५ मार्चमा रिलिज भएको आरआरआरले पहिलो दिनमै विश्वभर २५७ करोड कमाएर यो वर्षको सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म बनेको थियो ।
साउथ फिल्मले बक्स अफिसमा लगातार कीर्तिमानी कमाइ गरिरहेका छन् तर बलिउड फिल्मले पनि आफ्नो लागत धान्नसमेत असफल भइरहेका छन् । तथ्यांक हेर्दा सबैले बलिउडलाई अब साउथ फिल्मसँग तुलना गर्न थालेका छन् ।
२०२२ मा अमिताभ बच्चनको ‘झुण्ड’, अक्षय कुमारको ‘बच्चन पाण्डे’, आलिया भट्टको ‘गंगुबाई काठियावाडी’, राजकुमार रावको ‘बधाई दो’ रिलिज भएका छन् । यी सबै फिल्मको कूल कलेक्शन साउथको फिल्म केजीएफ–२ को मात्र १५ दिनको कलेक्शनभन्दा कम छ ।
राधे, आन्तिम, थलाइवीजस्ता बलिउड फिल्महरू कोरोनाको समयमा नराम्ररी फ्लप भए पनि दोस्रो लहरको शिखरमा रिलिज भएको मास्टरले २५० करोड कमाएर दर्शकलाई स्टारकास्ट होइन, नयाँ कथा चाहिएको प्रमाणित गरेको छ । योसँगै कोरोना अवधिमा रिलिज भएका साउथ फिल्म अन्नाथे, पुष्पा, मरक्कड, वकिल साब, राधे श्यामले पनि कीर्तिमानी कमाई गरेका छन् ।
कोरोनाको समयमा बलिउड फिल्महरू रिलिज भए पनि अक्षय कुमारको सूर्यवंशी र आलिया भट्टको गंगुबाई काठियावाडीले मात्र बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सके।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
-
हेटौँडा औद्योगिक क्षेत्रः १३१ उद्योगको बक्यौता बाँकी, नतिरे जग्गा सम्झौता खारेज गर्ने चेतावनी
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण