थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ
नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए ।
‘काँग्रेस थ्रीजी । गन, गुण्डा र गोली लिएर आउने प्रयास गरेको छ । यदि काँग्रेसको थ्री जी लिएर आउने सोच हो भने हामी सचेत छौ’, उनले एमक्युको प्रसंग पनि सुनाए । ‘एमक्यु, म्यान, मनी र मसल प्रस्तुत हुन थालेको छ’, यो प्रयोग गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गरे । उनले केहीे-केही ठाउमा काँग्रेसबाट प्रशिक्षित मान्छेहरूबाट छड,रड,छुरा र भालाले एमालेमाथि आक्रमण गरिरहेको भन्दै एमाले जित्ने पार्टी भएकाले धैर्यता नटुटाउने बताए ।
‘हामीमा संयमता छ । आवेग र उत्तेजनामा आउँदैनौ । तर आवेगमा ल्याएर स्वार्थसिद्ध गर्न हामीलाई आक्रमण हुन थालेको छ’, श्रेष्ठले काँग्रेसलाई स्वस्थ प्रतिस्पर्धामा आउने आट गर्न आग्रह गरे । उनले काँग्रेसले काठमाडाैंमा हारको महशुस गरिसकेको दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण