ad
x

पेट्रोलियमको मूल्य बढेसँगै साउदी आरामको बन्यो विश्वको सबैभन्दा मूल्यवान् कम्पनी

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

साउदी अरबको तेल कम्पनी ‘साउदी आरामको’ विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिन्दै ‘साउदी क्राउन’को लगानी रहेको साउदी आरामको विश्वकै मूल्यवान् कम्पनी बनेको हो ।


रुस–युक्रेन युद्धको प्रभावका कारण विश्वभरमा आएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारणले साउदी आरामकोलाई फाइदा भएको छ । विश्वभर कच्चा तेलको मूल्यमा उच्च वृद्धि आउँदा त्यसको प्रत्यक्ष फाइदा साउदी आरामकोले उठाएको हो ।



अमेरिकी समाचार संस्था सीएनएनका अनुसार हाल अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य २.३७ ट्रिलियन अमेरिकी डलर छ । जबकि, साउदी अरबको तेल कम्पनीको बजार मूल्य २.४३ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।



यसअघि, यस वर्षको सुरूमा एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर पुगेको थियो । बजार मूल्य ३ ट्रिलियन डलर पुगेसँगै एप्पल धर्तीको सबैभन्दा धनी र उक्त सफलता हासिल गर्ने सबैभन्दा पहिलो कम्पनी बनेको थियो । तर, विस्तरै सेयर मूल्य घट्दा कम्पनीको बजार मूल्य घटेर २.३७ ट्रिलियन डलरमा आइपुगेको छ ।



साउदी अरबको तेल उत्खनन र बिक्रेता कम्पनी साउदी आरामको  सन् २०१९ मा २ ट्रिलियन बजार मूल्य भएको कम्पनीको बनेको थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा खनिज तेलको मूल्यमा आएको मूल्यवृद्धिले कम्पनीलाई विश्वकै सबैभन्दा उच्च मूल्यवान् कम्पनीको दर्जा दिएको छ ।



रुसले छिमेकी मुलुक युक्रेनमा आक्रमण गरेपछि विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या उत्पन्न भएको थियो । यससँगै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । रुसले युक्रेनमाथि हमला गर्नुअघि प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा न्यून रहेको कच्चा तेलको मूल्य अहिले १०६ अमेरिकी डलरभन्दा माथि छ । जसको प्रत्यक्ष फाइदा साउदी आरामकोलाई पुगेको छ ।



साउदी आरामको विश्वको सबैभन्दा ठुलो तेल उत्खनन र बिक्रेता कम्पनी हो । साउदी अरबको ‘पब्लिक इन्भेस्टमेन्ट फण्ड’ (पीआईएफ)को लगानी रहेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X