आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रचारप्रसारमा हिँडेको भारतीय गाडी खोलामा खस्यो, एकको मृत्यु, सात घाइते

आइतबार, १७ मङ्सिर २०७४, १० : २२
आइतबार, १७ मङ्सिर २०७४

रौतहट । रौतहटमा फोरम र राजपा नेपालको चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सातमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको वीरगञ्जस्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ । बाँकी दुई जनाको भने जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

वीआर ०१ सीवी ३९३३ नम्बरको गाडी रौतहटको बौधीमाइ नगरपालिका वडा नम्बर ९ मा रहेको भकुवा खोलामा खसेको थियो । 

उक्त दुर्घटनामा भारत घोडासहन जगिरहाका गोपाल यादवको मृत्यु भएको रौतहटका डिएसपी रामकुमार दानीले रातोपाटीलाई बताए ।  

उक्त गाडी रौतहटको पथराबुधराबाट वमकुलतर्फ जाँदै गरेको थियो । 

फोरम राजपा गठबन्धनका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार किरण साह र प्रदेशसभाका रामकिशोर यादवको चुनावी प्रचारमा उक्त गाडी खटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप