दैलेखको चामुण्डामा काँग्रेसको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १० : ३०
सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्राप्त जानकारी अनुसार ६५८ मतगणना हुँदा मेयरमा नेपाली काँग्रेसका गणेश बहादुर शाहीले २७० मत प्राप्त गरेका छन् । उनी कर्णालीका कानुन मन्त्री हिमबहादुर शाहीका छोरा हुन् ।
त्यहाँ काँग्रेसले गठबन्धनको निर्णय तोडेर उम्मेदवारी दिएको थियो । दोस्रोमा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम गरेको छ । नेमकिपाका बखत बहादुर थापाले २३० मत प्राप्त गरेका छन् भने पहिलो बन्ने दाबी गरेको एमाले तेस्रोमा छ ।
एमालेका सुर्यबहादुर शाहीले जम्मा १८० मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसकी मनसरा कुमारी शर्माले २१६ ल्याएकी छन् भने एमालेकी नन्दा कुमारी बिष्टले २०६ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ