शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ नेपालविरुद्ध खेल्ने युगान्डाको महिला क्रिकेट टोली

आइतबार, ०१ जेठ २०७९, ११ : ५२
आइतबार, ०१ जेठ २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध खेल्ने टी–ट्वान्टी क्रिकेट सिरिजका लागि युगान्डाको टोलीको घोषणा गरेको छ । युगान्डा क्रिकेटले कोन्सी निमुन्गुको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

टिममा जेनित मायवाइजी, केभिन आइनो जस्ता खेलाडीहरू रहेका छन् । सिरिजका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । त्रिवि क्रिकेट मैदानमा हुने युगान्डा र नेपालबीचको सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वान्टी भोलि (सोमबार) हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप