सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता

आइतबार, ०१ जेठ २०७९, १५ : १२
आइतबार, ०१ जेठ २०७९

धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ५ हजार ६०७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राईले २ हजार ८४९ मत पाएका हुन् ।

उनी काँग्रेसबाट उम्मेदवार भएका हुन् । मेयरमै स्वतन्त्र उम्मेदवार हर्कराज राईले एक हजार ९९३ मत पाएका छन् । एमालेकी मञ्जु भण्डारी एक हजार ४३६ मतसहित तेस्रो स्थानमा छिन् । उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्र बेघा २ हजार ९७९ मतसहित अग्रस्थानमा छन् भने एक हजार ८९१ मत ल्याएका एमालेका पदम इस्बो लिम्बुले उनलाई पछ्याइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप