भरतपुरको विवाद समाधान गर्न सर्वदलीय बैठक
भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ । मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको हो। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ।
अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।
मतगणना अवरुद्ध हुनुअघि ५१ सय ७७ मतगणना सकिएको थियो । जसमा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण