सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा २ हजार बढी मतले पौडेलको अग्रता

सोमबार, ०२ जेठ २०७९, १० : २१
सोमबार, ०२ जेठ २०७९

जीतपुर सिमरामा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले ८ हजार १७६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले ५ हजार ८६१ मत ल्याएकी छिन् । उपमहानगरको मत परिणाम घोषणा भईसकेको १० वटा वडामा गठबन्धनका उम्मेदवार पौडेल चौधरी भन्दा २ हजार ३१५ मतले अगाडि छन् ।

 उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीले ७ हजार ९४ मत ल्याएकी छिन् भने एमालेका उपप्रमुखका उम्मेदवार भोला अधिकारीले ६ हजार २२७ मत ल्याएका छन् । उपप्रमुखमा शाही ८६७ मतले अगाडि छिन् । 
हालसम्म सार्वजनिक भएका १० वटा वडा मध्ये ६ वटा वडामा एमाले, ३ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा माओवादी केन्द्रका वडाध्यक्षहरु विजयी भएको छन् । उपमहानगरको वडा नं १,२,३,४,६,२४,२३,२२,२१ र २० को मत परिणाम सार्वजनिक भईसकेको हो भने हाल वडा नं ५,७, १९,१८ मा मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप