सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

सोमबार, ०२ जेठ २०७९, १२ : २६
सोमबार, ०२ जेठ २०७९

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले ३ हजार ७६१ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार राजेश राय यादवले २ हजार १८७ मत ल्याएका हुन् । 

त्यस्तैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ८५१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार रौशन परविनले २ हजार २३४ मत ल्याएकी छन् । उपमहानगर प्रमुखमा गठबन्धनलाई उछिन्दै १ हजार ५७४ मतले एमालेका साह अगाडी छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवार गुप्ता ६१७ मतले अगाडी छन् । 

हालसम्म कलैया उपमहानगरको वडा नं १ र २ को मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ३, ४, ५ र ६ को मतगणना जारी छ । मतपरिणाम सार्वजनिक भइसकेको वडा नं १ मा नेकपा एमालेका मोहनबहादुर क्षेत्री वडाअध्यक्षमा विजयी भएका छन् भने वडा नं २ मा काँग्रेसका राजेशकुमार महतो विजयी भएका छन् । महतो दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप