हेटौंडामा समाजवादीको अग्रता कायमै
सोमबार, ०२ जेठ २०७९, १३ : ३८
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । १३ हजार ४९५ मतगणना गर्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामाले ४१३५ मतको अग्रता बनाएकी छन् ।
उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३९४५ मतका साथ पछ्याई राखेका छन् । यस्तै एमालेका उम्मेदवार अनन्त पौडेलले ३५५२ मत ल्याएर तेस्रो स्थानमा छन् ।