
विराटनगर महानगरपालिकाको ४ वटा वडाको परिणाम घोषणा
मतगणना ढिलो भएपछि तीनस्थल थपियो, ९ स्थानबाट गणना सुरु

विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये ४ वटा वडाको मतगणना सकिएको छ । मतपरिणाम अनुसार वडा नम्बर १६ मा कांग्रेस, १९ मा एमाले, १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।
१६ मा काँग्रेसका उम्मेदवार उद्धव भूजेलले ७५२ मत, १७ मा जसपाका उम्मेदवार समिम कमर मियाले १४५० मत, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले ७१६ र १९ मा एमालेका उम्मेदवार श्याम घिमिरले ९८७ मतले वडाअध्यक्ष जितेका छन् ।
मतगणनाको लागि तीन स्थान थपियो
विराटनगर महानगरपालिकाको मतगणनालाई गति दिन थप तीन स्थान बढाएर अहिले ९ स्थानबाट मतगणना सुरू भएको छ । यसअघि ६ स्थानबाट गणना सुरू भएकोमा सोमबारदेखि विराटनगरस्थित आर्दश माविमा ९ स्थानबाट एक साथ मत गणना सुरू गरिएको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार विराटनगरको १, २, ३, ४, ५, ६, १३, १४, र १५ वडाको मत गणना जारी रहेको छ । मत गणनास्थल थप गरिएपछि ६, १३ र १४ वडाको मत गणना सुरू गरिएको उनले जानकारी दिए ।
मतगणनास्थलमा तारजाली र सिसी टिभी जाडान गरेपछि सोमबारदेखि थप तीन स्थान बढाएर अहिले ९ स्थानबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लम्सालले जानकारी दिए । एकसाथ ९ स्थानदेखि गणाना सुरु भएपछि वैशाख ६ गतेसम्ममा विराटनगर महानगरपालिकाको नतिजा सार्वजानिक हुने अनुमान गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ