शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक, दुई वडामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, २१ : ००
सोमबार, ०२ जेठ २०७९

मोरङको रतुवमाईका ४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमध्ये दुई वडामा काँग्रेस र एक–एक वडामा माओवादी र एमालेका उम्मेदवार विजयी भएका छन् ।  सार्वजनिक विवरणअनुसार रतुवामाई १० नम्बर वडामा काँग्रेसका भुलबहादुर कार्की १३२१ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका देवीप्रसाद दाहालले १२०२ मत ल्याएका छन् । यस्तै वडा नम्बर ९ काँग्रेसका इन्द्रबहादुर लिम्बू १६२७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद घिमिरेले १२२८ मत ल्याए । 

वडा नम्बर १ मा माओवादीका घनश्याम गिरीले ७०५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका केदारप्रसाद यादवले ६७४ मत ल्याउन सफल भए । वडा नम्बर २ मा एमालेका जिमारत मियाले ६८२ मत ल्याएर विजयी हुँदा काँग्रेसका मो.साकीर आलमले ६२८ मतका साथ दोस्रो स्थान बनाए । 

हालसम्मको परिणामअनुसार रतुवामाईमा नेपाली काँग्रेसका नागेश्वरप्रसाद सिंह गंगाईले ४ हजार ५ सय ६० मत ल्याएर अग्रस्थान बनाएका छन् भने एमालेका दुर्गाबहादुर विष्टले ३ हजार ९ सय ७९ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

उपप्रमुखमा भने एमालेका दमयन्ता देवी चुँडालले ३ हजार ९६ मत प्राप्त गर्दा माओवादी केन्द्रका सुमन कालीकोटेले २ हजार ६ सय ८४ मत ल्याएका छन् । रतुवामाइमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप