घोराही उपमहानगरपालिकामा गठबन्धनविरुद्ध भारी हुँदै एमाले
मङ्गलबार, ०३ जेठ २०७९, ०६ : ५७
घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई नेकपा एमालेले पछाडि पारेको छ । बिहान ६ बजेसम्मको मत परिणामअनुसार प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले १४ हजार २०५ मत प्राप्त गरेका छन् ।
प्रमुखमै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमराज शर्माले १२ हजार १३६ मत पाएका छन् । उनी एमालेका चौधरीभन्दा २ हजार ७९ मतले पछि परेका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेकी हुमा डिसीले १३ हजार ७७२ मत पाएर अग्रता लिएकी छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका भुपबहादुर डागीले १३ हजार २९८ मत पाएका छन् । उपप्रमुखमा एमालेभन्दा गठबन्धन ४७४ मतले पछाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक
-
आईपीएलमा आज : उपाधि होडबाट बाहिरिएको मुम्बईसँग उसैको मैदानमा भिड्दै हैदराबाद
-
वर्तमान संविधान अझै पूर्ण भएको छैन: प्रधानमन्त्री
-
एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे
-
अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअप
-
सहकारी प्रकरणमा ओली–प्रचण्ड ‘यूटर्न’, के गर्लान् रवि लामिछाने ?