यस्तो छ फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत
आगामी शुक्रबार अर्थात ६ जेठबाट प्रदर्शनमा आउने फिल्म ‘लाइफ इन एलए’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको थप प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले यो गीत सार्वजनिक गरेको हो ।
‘बसन’ बोल रहेको सार्वजनिक गीतमा बियोगका पीडा देख्न सकिन्छ । आर्यन पाठकको शब्द, संगीत र स्वर रहेको गीतमा फिल्मका कलाकार ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टको अभिनय छ ।
फिल्ममा ब्यास र अकेशाको अलवा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । विभिन्न बहानामा अमेरिका पुगेका नेपालीको कथामा निर्माण भएको फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता अभिनेता ब्यास नै हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराथी पनि निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै