शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको मकवानपुरगढीमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, २३ : ३०
मङ्गलबार, ०३ जेठ २०७९

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानकुमारी नेपाली निर्वाचित भएका छन्।

दोर्जेले ६७०६  मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईले ५६४५  मत प्राप्त गरेका छन्। स्याङ्तानले १०६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। त्यसैगरी उपाध्यक्षमा नेपालीले एमालेका उम्मेदवार सन्तु थिङले भन्दा ९०६ मत बढी प्राप्त गरेका छन्। नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४  मत प्राप्त गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप