सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडामा पछि पर्न थाले राप्रपाका सिंह, मीनाले अग्रता बढाइन्

बुधबार, ०४ जेठ २०७९, ०७ : १८
बुधबार, ०४ जेठ २०७९

हेटौँडा उपमहानगरपालिकामा राप्रपाका मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह पछि पर्न थालेका छन् । यस्तै गठबन्धनकी साझा उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् । ​हेटौँडाको जारी मतगणनामा राप्रपाका सिंहले पटक पटक अग्रता बढाउँदा रोचक चुनावी प्रतिस्पर्धा हुँदै आएको छ।  अहिले पनि लामाले अग्रता बनाएकी हुन् । 

बुधबार बिहान प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३३ हजार ५७८ मत गणना हुँदा लामाले १०,४१० मत पाएकी छन् । यस्तै  सिंहले ९९२२ मत  पाएका छन् । यस्तै एमालेका  अनन्त पौडेलले ९०२५ मत पाएका छन् । ​उपमेयरमा भने काँग्रेसका  राजेश बानियाँले १५४५५ मत  पाएका छन् । उनको पछिपछि एमालेकी  सुमित्रा काफ्लेले १०५८१ मत पाएर पछ्याइरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप