रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु
तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।
यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्याउने केही मार्गहरू मध्ये एक हो।
यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन ।
हमासले आइतबार वार्ता सकिएको जनाएको छ। अब प्रतिनिधिमण्डल कायरोबाट हमास शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जानेछ ।
वार्तामा संलग्न सीआईए प्रमुख विलियम बर्न्स इजिप्टको राजधानी दोहाबाट प्रस्थान गरेका छन् । इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ ।
गाजामा इजरायली आक्रमण अक्टोबर ७ मा सुरु भएको थियो। यसैबीच, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजार ६ सय प्यालेस्टिनीले ज्यान गुमाएको र करिब ७८ हजार मानिस घाइते भएको दाबी गरेको छ । -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण