आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु

सोमबार, २४ वैशाख २०८१, ०७ : १३
सोमबार, २४ वैशाख २०८१

तेल अभिभ । केरेम शालोम पोस्टमा भएको रकेट आक्रमणमा तीन इजरायली सैनिकको मृत्यु भएको र अन्य धेरै सैनिक घाइते भएको इजरायलले दाबी गरेको छ । केरेम शालोम पोस्टमा हमासले रकेट प्रहार गरेको इजरायलले आरोप लगाएको छ ।

यो घटनापछि इजरायलले केरेम शालोम पोस्ट बन्द गरेको छ । केरोम शालोम चेकपोइन्ट गाजामा मानवीय सहायता पुर्‍याउने केही मार्गहरू मध्ये एक हो।

यता कायरोमा युद्धविरामका लागि चलिरहेको वार्ता पनि सकिएको छ । दुई दिनसम्म चलेको वार्तामा सहमति हुन सकेन ।

हमासले आइतबार वार्ता सकिएको जनाएको छ। अब प्रतिनिधिमण्डल कायरोबाट हमास शीर्ष नेतृत्वसँग कुरा गर्न कतार जानेछ ।

वार्तामा संलग्न सीआईए प्रमुख विलियम बर्न्स इजिप्टको राजधानी दोहाबाट प्रस्थान गरेका छन् । इजरायलले इजरायली बन्धकहरूलाई रिहा गर्ने बदलामा ४० दिनको युद्धविरामको प्रस्ताव गरेको थियो। तर, हमासले स्थायी युद्धविरामको माग गर्दै आएको छ ।

गाजामा इजरायली आक्रमण अक्टोबर ७ मा सुरु भएको थियो। यसैबीच, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजार ६ सय प्यालेस्टिनीले ज्यान गुमाएको र करिब ७८ हजार मानिस घाइते भएको दाबी गरेको छ । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप