
बाजुराको त्रिवेणीमा काँग्रेसका थापा विजयी

बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन् । उनले चार हजार ७६१ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोतिसिंह बुढाले तीन हजार ५ ८६ मत पाए।
उपमेयरमा पनि काँग्रेसकै कमला कुमारी जैशी (न्यौपाने) विजयी भएकी छन् । उनले चार हजार ७४१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनराजे बुढाले तीन हजार चार मत पाए ।
त्रिवेणीमा ०७४ स्थानीय तह चुनाव पनि काँग्रेसले जितेको थियो । त्यसअघि ०४९ र ०५४ का स्थानीय निकायका चुनावमा पनि हालका त्रिवेणीका तीनै गाविस तोली, छतारा र कैलाशमाण्डौ काँग्रेसले नै जित्ने गरेको थियो ।
बाजुराका नौ मध्ये पाँच तहको नतिजा सार्वजनिक भएको छ जसमध्ये एमालेले तीन पालिका प्रमुख र काँग्रेसले दुई पालिका प्रमुख जितेको छ । उपप्रमुखमा भने काँग्रेसले तीन र एमालेले दुई जितेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ