शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरको बागमतीमा काँग्रेसका लोप्चन विजयी

बुधबार, ०४ जेठ २०७९, ०८ : ५५
बुधबार, ०४ जेठ २०७९

ललितपुरको बागमतीगाउँ पालिकामा गठबन्धनका उम्मेदवार वीर बहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली काँग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले  ४ हजार ६ सय ९२ ल्याउँदा  उनका निकटतम  प्रतिस्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् । 

बागमतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए  भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्यौपाने घिमिरेले ३७ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप