रोल्पाको त्रिवेणीमा एमाले विजयी
बुधबार, ०४ जेठ २०७९, ०९ : २१

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन्।
त्रिवेणीमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस र एमालेले गठबन्धन गरेपछि अध्यक्षमा एमाले बाँठा मगरले ५०८५ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले ४५७६ मत ल्याएर विजयी भएका छन्। यस्तै अध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्काले ३८६५ मत ल्याएर पराजित भएका छन्। यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै एमाले जितेको थियो। यस निर्वाचनमा अध्यक्षमा एमालेका बाँठामगर र उपाध्यक्षमा डाँगी निर्वाचित भएका छन्। रोल्पामा एमालेले यहीँ स्थानीय तह मात्रै जितेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा