शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अपडेटः रिमोट कन्ट्रोलबाट बम विष्फोट, गगन थापा सामान्य घाइते

सोमबार, १८ मङ्सिर २०७४, ०७ : ००
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौं–बुढानीलकण्ठ स्थित चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई सामान्य चोट लागेको बताइएको छ । 

घरदैलो कार्यक्रममा रहेको समयमा साेमबार बिहान ११ः ३० मा  विस्फोट भएको बताइएको छ । थापालाई ढाड र  टाउकाेमा सामान्य चोट लागेको सहयोगी सबिन मुडभरीले रातोपाटीलाई जानकारी गराए । 

थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । थापाको चुनावी प्रचारमा रहेका नौं जना  घाइते भएका छन् । 

घाइतेहरूमा थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका हुन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।

 रिमोट कन्ट्रोलबाट बम बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी आयुक्त जय बहादुर चन्दले जानकारी गराए । 

घरदैलो सकेर चुनावी कोण सभा  गर्ने क्रममा माधव कोलनीमा बम बिस्फोट भएको थियो । 

चुनावी प्रचारको अन्तिम दिन थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिफलमा र काठमाडौं क्षेत्र नम्बर ३ र ६ मा मतदातालाई सम्वोधन गर्ने कार्यक्रम थियो । बम बिस्फोट कसले गराएको बारे खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप